बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाल निकै सुन्दर भएकाले मन परेको बताएकी छिन् । शनिबार बिहान काठमाडौं आइपुगेकी लियोनीले एक कार्यक्रममा सम्बोधन गर्दै नेपाल मन परेको बताएकी हुन् । सन्नीले ‘आई लभ नेपाल’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधन गरेकी छन् । नेपाली फेसन डिजाइनर सरिन बुढाथोकीलगायतले डिजाइन गरेको पहिरन लगाएर उनले आइतबार बिहान भिडियो पोस्ट गरेकी छन्…