चरिकोट । हिमालयन क्राउन बोर्डिङ स्कुलले दोस्रो ‘हिमालयन वन्डर फेस्ट २०२५’ भव्य रुपमा सम्पन्न गरेको छ । शनिबार औपचारिक कार्यक्रम आयोजना गरि सो कार्यक्रम गरिएको हो ।
विद्यालयले गत वर्षदेखि सुरु गरिएको ‘हिमालयन वन्डर फेस्टमा विभिन्न विद्याका उत्कृष्ट विद्यार्थी र शिक्षकहरुलाई सम्मान गर्ने गरेका छन् ।
विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै सीप सिकेर उद्यमी बन्न उत्प्रेरणा दिदै आएको सो विद्यालयमा २५० जना विद्यार्थीहरु रहेको विद्यालयका फाउन्डर गणेश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार विद्यालयका हरेक कक्षाका उत्कृष्ट तीनजना विद्यार्थी, उत्कृष्ट शिक्षक र कर्मचारीलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाको उप मेयर कमला बस्नेत, भीनपा ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल लगाएतले विद्यालयको शैक्षिक सिकाई र प्रयोगात्मक विषयमा प्रंशसा गर्दै गुणस्तर शिक्षामा जोड दिन सुझाव दिएका थिए ।
कार्यक्रममा प्रेस चौतारि दोलखाका अध्यक्ष श्रीजन घिमिरे लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमा विद्यार्थीहरुले उत्कृष्ट नृत्य कला प्रस्तुत समेत गरेका थिए । कार्यक्रम विद्यालयका प्रअ माया तामाङको सभापत्तित्वमा भएको थियो ।






