चरिकोट । भीमेश्वर नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न भएको छ ।
यो चौथो चरणको परिचयात्मक तथा अन्तर स्थानीय सरकार समन्वय बैठक समेत हो ।
भीमेश्वर नगरपालिकाको प्रमुख इश्वर नारायण मानन्धरको अध्यक्षतामा भएको थियो।
नगरपालिकाको व्यस्थापनमा जिल्ला प्रशासन कार्यालय दोलखाको कोठा नं ८ मा २०८१ पौष २३ गतेदेखि वैदेशिक रोजगारिका लागि जाने सेवाग्राहिहरुलाइ परामर्श सेवा दिदै आएको छ ।

कार्यक्रममा जिल्लाका सबै स्थानिय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र प्रमुख जिल्ला अधिकारि, सुरक्षा निकायको प्रमुख पत्रकार तथा रोजगार सयोजकको सहभागीता रहेको थियो ।