१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

एमाले दोलखा गौरीशंकरको उपनिर्वाचनमा होमियो


२२ कार्तिक २०८१, बिहिबार  

190
Shares

गौरीशंकर न्यूज, कात्तिक २१ दोलखा । नेकपा एमाले दोलखा आगामी मङ्सिरमा हुने उपनिर्वाचनको तयारीमा होमिएको छ । पार्टीले आफ्नो उम्मेदवारलाई बिजय गराउने उद्देश्यले पार्टीको टिमनै निर्वाचनमा होमिएको हो ।

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उपाध्यक्ष उम्मेदवार उमा मगर शेर्पालाई बुधबार अभियानको लागि बिदाई गरिएको छ । पार्टीले उम्मेदवारी मनोनयन दर्ता अघिनै पालिकाको टोल बस्तीमा उमेदवार पुग्ने गरि निर्वाचन अभियान सुरु गरेको नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले जानाकरी दिनुभयो ।

उहॉका अनुसार उम्मेदवार शेर्पालाई पार्टीका पोलिटब्युरो सदस्य एवं दोलखाका ईञ्चाज पार्वत गुरुङ, बागमती प्रदेश कमीटी सदस्य भरत बहादुर केसी, पार्टी अध्यक्ष नर श्रेष्ठ,उपाध्यक्ष राजेन्द्र मानन्धर,उपसचिवहरु कमला बस्नेत,हरि ओलीका नेता तथा कार्यकर्ताले उमेदवारलाई अभियानको लागि बिदाई गर्नु भएको छ ।

नेकपा एमाले गौरीशंकर कमीटीले वडा,टोल कमिटीको बैठक राख्ने र मतदाताहरुसॅग भेटघाट गर्ने तयारी गरिरहेको नेकपा एमाले गौरीशंकर गाउॅपालिका ईञ्चाज जङग गुरुङले जानकारी दिनुभयो। पार्टीको चौथोपुर्ण बैठकले उमेदवार शेर्पाको नाम बागमती प्रदेश कमीटीमा पठाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ६ : १० बजे