११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

सामाजिक सञ्जालमा आएका भ्रामक सूचना प्रति जनसचेतन साकोस ध्यानाकर्षण


२० कार्तिक २०८१, मंगलबार  

278
Shares

गौरीशंकर न्यूज, कात्तिक २० दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखाले सामाजिक सञ्जालमा आएका भ्रामक सूचना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। दोलखाको बैतेश्वर गाउँपालिकाको मैनापोखरीमा मुख्य कार्यालय रहेको देशकै नमुना जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले सामाजिक सञ्जाल फेसबुकमा आएको भ्रामक सूचना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

सहकारी संस्थाका कार्यवाहक अध्यक्ष गोपालध्वज श्रेष्ठद्वारा जारी विज्ञप्तीमा सामाजिक सञ्जाल फेसबुक मार्फत संस्था र अन्य सहकारी संघ,संस्थाका पदाधिकारीहरुको समेत नाम किटान गरी समग्र सहकारीको विषयहरुमा भ्रम छर्ने र गलत तथ्यहरु उल्लेख गरी संस्था र समग्र सहकारी संघ,संस्थासँग जोडिएर आएका गलत सूचनाहरु प्रति घोर भर्त्सना गरिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ९ : ०५ बजे