१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

दोलखाको कालिञ्चोक क्षेत्रमा सामान्य हिमपात


१९ कार्तिक २०८१, सोमबार  

66
Shares

गौरीशंकरी शंकर न्यूज, कात्तिक ११दोलखा । दोलखाको पर्यटकीय तथा धार्मिक स्थल कालिञ्चोक क्षेत्रमा सामान्य हिमपात भएको छ । जिल्लाको कुरी क्षेत्रमा सोमबार यो वर्षकोनै पहिलो पटक सामान्य हिमपात भएको हो। धार्मिक कएवं पर्यटकीय स्थल कालिञ्चोकको कुरीमा सोमबार सामान्य हिमपात भएघको होटल सुनपातीका संचालक हरि ओलीले जानकारी दिनुभयो।जिल्लाको उच्च भेगमा हिमपात भएसँगै सदरमुकाम चरिकोट आसपास मौसम धुम्मीएर चिसो बढेको छ । जिल्लामा हिजोदेखि भएको वर्षाका कारण चिसो बढेको हो । ३८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा दोलखाको सदरमुकाम चरिकोटबाट १७ किलोमिटर यात्रापछि पुग्न सकिन्छ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ३ : ११ बजे