गौरीशंकर न्यूज, कात्तिक ११दोलखा । रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोसी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भुजेललाई बेपत्ता पारेको अभियोगमा मन्थली वडा नम्वर १ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो। भुजेल शुक्रवार रातिदेखि बेपत्ता हुनुभएको छ। प्रहरीले तामाकोसी नदीमा उहाँको खोजतलास गरिरहेको छ । भुजेल बेपत्ता भएको साँझ विक उहाँको साथमा रहेका कारण घटनाको अनुसन्धान गर्न विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनु भयो। शुक्रवार भुजेल र विकबिच झगडा भएको स्थानीयले बताएका छन् । विकसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ।
१९ कार्तिक २०८१, सोमबार
138
Shares