गौरीशंकर न्यूज, कात्तिक १६ दोलखा । तिहार पर्व नजिकिएसॅगै दोलखाको सदरमुकाम चरिकोटमा रङ बिक्री वितरणमा अधिकांश बालबालिकाहरु प्रयोग हुने गरेको पाइएको छ। तिहारमा अत्याधिक प्रयोग हुने सप्तरङ्गी टीकाको रङहरू विक्री वितरणमा अधिकांश बालबालिकाहरु प्रयोग हुने गरेको पाईएको हो।
जिल्लाको भीमेश्वर नगरपालिकालाई २०७६ सालको भदौ २९ गते तत्कालिन प्रदेश नम्वर तीनकै पहिलो बालमैत्री नगर घोषणा गरिएको थियो। बालअधिकार महासन्धि सहित नेपाल सरकारले तयार गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ३९ सूचक पूरा गरेसॅगै भीमेश्वर नगरपालिकालाई प्रदेश तीनका तत्कालिन सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गर्नु भएको थियो।

बालमैत्री नगरपालिकामा बालश्रम गर्न पाइदैन तर मधेसी समुदायका बालबालिकाहरु तिहारको अवसरमा खुलेयाम चरिकोटमा रङबेचि रहेकाछन्। विगत ६ वर्षदेखि तिहारको समयमा रङ बिक्री गरिरहेको १५ वर्षीय राजेश दासले बताउनुभयो। उहॉले भन्नु भयो मैले विगत ६ वर्षदेखि तिहारमा रङ बेचिरहेको छु। दैनिक एक हजार सम्म कमाई हुने गरेको समेत दास भनाई रहेको छ। चरिकोटमा केहि वर्षदेखी अर्को १५ वर्षिय करण दासले पनि रङ बेचिरहनु भएको छ।

यसरी बालमैत्री नगरमा बालबालिकाहरुले खुलेयाम रङ बेच्नु उचित नभएको बालअधिकारकर्मी राजन बस्नेतले बताउनुभयो। उहॉले भन्नुभयो बालमैत्री नगर घोषणा गर्दा नगारपालिकाले बालबालिकाहरुलाई श्रममा नलगाउने पनि प्रतिबद्धता गरेकोले खुलेयाम बालबालिकाहरुलाई श्रममा लगाउनु नहुने बताउनुभयो । यसतर्फ सम्वनधीत निकाएको धन्यान जानु आवश्यक भएको बस्नेतको भनाई रहेको छ।
बालमैत्री घोषणा भईसकेको नगरपालिकामा अन्य जिल्लाबाट आएर व्यवसायी गरिरहेकाहरुका बालबालिकाहरुले चोक- चोकमा बसेर रङबेच्नु उचित नभएको भीमेश्वर नगरपालिका प्रवक्ता तथा वडा नम्वर ४ का वडा अध्यक्ष तारानाथ चौलागाईले बताउनुभयो। आम्दानी हुने आशमा दिनभरी सडकमा राखेर बालबालिकालाई रङ बेच्नु लगाउनु पनि बालश्रम भएको भन्नुहुँदैन चौलागाईले यसका लागि नगारपालिकाले अभिभावकहरूलाई सचेत गराउने बताउनुभयो।