गौरीशंकर न्यूज, कात्तिक १५ दोलखा । दोलखाका विभिन्न स्थानमा उत्पादन भएका फुलहरु विक्री नहुदा पुष्प व्यवसायी निराश भएका छन । यसपालिको तिहारलाई लक्षित गरेर लगाइएका अधिकांस स्थानका फुलहरु विक्रि नभएपछी फुलखेती गर्दै आएका कृषकहरु निराश भएका हुन् । फुलको बजार सोचे जस्तो नभएको डाक्टर जानुका न्यौपानले बताउनु भयो । उहाँँले जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर ६ मा तुलसी एग्रो कृषि फार्म मार्फत १ रोपनी जग्गामा सयपत्री फुलको खेती गर्नु भएको छ। बजारसँगै मुल्य नपाएको न्यौपानेले गुनासो गर्नुभयो । पहिलो पटक फुलखेती गरेको भएपनि लक्ष्य अनुसारको आम्दानी गर्न नसकिएको उहाँको भनाई छ । फुल खेती गर्न महँगो छ तर बजार नहुदाँ लगानीनै उठाउन समस्या हुने अवस्था आएको न्यौपानले गुनासो गर्नुभयो । करिब १ हजार किल्लो ग्राम फुल यसवर्ष उत्पादन हुने अनुमान गरिएको भएपनि बजारमा प्लाष्टिक फूलमालाको प्रयोग बढनु, किनेर भन्दा मागेर प्रयोग गर्ने चल्न हुनु, सम्वनधीत निकाएले मूल्य निर्धारण नगरेका कारण पनि स्थानीय स्तरमा उत्पादन भएको फुल विक्रि नहुने संम्भाव बढि रहेको न्यौपानेको भनाई रहेको छ । तीन रोपनी जग्गामा फुलखेती गर्नुभएको दोलखाका वैतेश्वर गाउँपालिकाका कृषक खड्ग बहादुर तमाङलाई पनि फुल बारीमानै कुहिन्छ की भन्ने चिन्ता लागेको छ । बारीमा करिब २ हजार किल्लो ग्राम फुल उत्पादन भएको छ । तर उचित मुल्य नआउदाँ र बजार नहुदाँ उक्त फुलबारीमानै कुहिने पो हो की भन्ने तमाङलाई चिन्ता लागेको हो । तमाङले भन्नु भयो सयपत्री फुलको प्रतिकिलो ८० सय रुपैयाँमा विक्रि गर्नका लागी कुरा भएको छ त्यो पनि उनीहरूले पुरै फुल लाने हो की हैन् थाहा छैन्। स्थानीय सरकारले गम्भिर भएर सोच्नुपर्ने उहाँको भनाई रहेको छ। थोरै जग्गामा फुलखेती गरेका कृषकले बिक्री गरेपनि धेरै क्षेत्रफलमा फुलखेती गरेका कृषकलाई भने फुल विक्री गर्न समस्या भएको पुष्प व्यवसायीको भनाई रहेको छ । फुलमा हुने अस्वस्थ प्रतिष्प्रर्धालाई रोक्न र मुल्यमा एकरुपता ल्याउनका पुष्प व्यवसायी महासंघले मुल्य निधारण गर्नु आवश्यक रहेको कृषकहरुको भनाई रहेको छ । फुलखेती गरेका व्यवसायीहरु बिचमा पनि एकता नहुदा झनै समस्या भएको कुषकहरुको भनाई रहेको छ। फुलखेती गर्ने कृषकहरुबिचमा सहकार्य हुन आवश्यक रहेको कुषकहरुको भनाई रहेको छ। साथै कृषक र स्थानीय सरकार बिचमा पनि समन्वय हुनु आवश्यक रहेको स्थानीयको सरोकारवालाहरुको भनाई रहेको छ। तिहारमा अत्यावश्यक मानिने सयपत्री फूल यस पटक भारतबाट आयात नहुने भएको छ । अवैध रूपमा भित्रिने सयपत्री फूल रोक्न सरकारले निकै कडाइ गरेको छ । सरकारले नेपाल–भारत सिमानासँगै जिल्लास्थित चेकपोस्टहरूमा कडाइ गरेर अवैध रूपमा भित्रिने सयपत्री फूल नष्ट गर्न थालेको छ । तर दोलखाका फुलखेती गर्ने कृषकहरुले भने तिहारको समयमा पनि बजारसँगै मुल्य नपाएको गुनासो गरेका छन् ।
१५ कार्तिक २०८१, बिहिबार
166
Shares