गौरीशंकर न्यूज, कात्तिक १४ दोलखा । जिल्ला प्रशासन कार्यालयले दोलखाले तिहारका अवसरमा खेलिने देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने व्यवस्था गरेको छ। बुधबार एक विज्ञप्ती जारी गरी कार्यालयले यस्तो जनाएको हो। देउसी भैलो खेल्दा सम्बन्धित घरभेटीको सहमति लिएर मात्र खेल्नु पर्ने, पटका, भूईंचम्पा जस्ता प्रज्जवलनशील पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगमा रोक लगाइएको पनि जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।
