१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

एमाले दाेलखाद्वारा गौरीशंकरको उपाध्यक्षमा शेर्पाको उम्मेदवारी घोषणा


१४ कार्तिक २०८१, बुधबार  

686
Shares

गौरीशंकर न्यूज, कात्तिक १४ दोलखा । नेकपा एमालेले दोलखाले गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा मगर शेर्पालाई उम्मेदवार घोषणा गरेको छ ।

आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि एमालेको दोलखाको तर्फबाट गौरीशंकरमा उपाध्यक्ष पदका लागि उमा मगर शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एमाले दाेलखाका सचिवालय सदस्य जङ्ग बहादुर गुरुङले जनाकरी दिनुभयो ।

उनका अनुसार नेकपा एमाले गौरीशंकर गाउँपार्टी कमिटीको बुधबार बसेको बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि गौरीशंकर सातका शेर्पाको नाम टुंगो लगाएको हो ।

दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण २०८० साल असार ३१ गते उपचारका क्रममा मुत्यु भएको थियो। उक्त रिक्त रहेको पदका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन गर्न लागिएको हो ।

उपाध्यक्षको उम्मेदवार लागी माओवादी केन्द्र तर्फबाट निमलेकी शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने नेपाली काङ्ग्रेस दोलखाले पासदीकी तामाङलाई उम्मेदवार बनाउने तयारी गरेको छ। तामाङ गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष स्वर्गीय श्यामसुन्दर तामाङको श्रीमती हुनुहुन्छ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ८ : ०२ बजे