गौरीशंकर न्यूज, कात्तिक १४ दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरूले उत्पादन गरेको उत्पादित बस्तुहरुको बजारीकरण गर्न सुरु गरेको छ। संस्थाले शेयर सदस्यहरुले उत्पादन गरेको स्थानीय उत्पादित सामग्रीहरुको बजारीकरण गर्न सुरु गरेको हो । संस्थाले सदस्यहरुले उत्पादन गरेका वस्तुहरुको प्रबर्द्धन सहित बजारीकरण गर्ने उद्देश्यले मङ्गलबार पहिलो चरणमा काभ्रेको धुलिखेल अस्पतालमा शेयर सदस्यले उत्पादन गरेको किवि, घ्यू, छुर्पी र सयपत्री फुलको बिक्री वितरण गरिएको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनुभयो। उहॉका अनुसार संस्थाले आफ्ना सदस्यहरुले उत्पादन गरेको बस्तुहरुलाई स्थानीय,राष्ट्रिय सहित अन्तराष्ट्रिय बजार सम्म पुर्याउन लक्ष्य राखेको छ। सोहि लक्ष्य अनुसार सहकारीले शेयर सदस्यले उत्पादन गरेको स्थानीय बस्तुहरुको बजारीकरण अभियान सुरु गरेको हो। संस्थाले हरेक वर्ष २० जना युवालाई उद्यमी बनाउने पनि लक्ष्य लिएको पाईएको छ। सहकारी संस्थामा हाल १० हजार भन्दा बढि शेयर सदस्य रहेका छन्। स्थानीय सरकारले स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरुको बजारीकरण गर्न नसकिरहेको अबस्थामा सहकारी मार्फत आफूले उत्पादन गरेका स्थानीय उत्पादित सामग्रीको बजारीकरण हुदाॅ खुसी लागेका उद्यमी शेयर सदस्यको भनाई रहेको छ।
१४ कार्तिक २०८१, बुधबार
34
Shares