गौरीशंकर न्यूज, कात्तिक १३ दोलखा । दोलखाकाे शैलुङ गाउँपालिका वडा नम्बर ८ शैलुङमा ५८ जना मोतिया विन्दुका बिरामीहरुको नि:शुल्क अप्रेसन गरिएको छ ।वडा कार्यालय,शैलुङ्गेश्वर स्वास्थ्य चौकीको संयुक्त पहलमा माट्रिका आँखा केन्द्र काठमाण्डौकाे आयाेजना र फाइटफर लाइफ नेपाल काठमाडौ सहआयाेजना,लाइन्स क्लव काठमाडौं केकोशिन,गौरीशंकर लाइन्स क्लव काठमाण्डौं शेषमती लगायतको सहयोगमा भएको नि:शुल्क शिविरमा ५ सय ३० जनाको ऑखाको परिक्षण गरिएको वडा नम्वर ८ का वडा अध्यक्ष धन बहादुर तमाङले जानकारी दिनुभयो। उहॉका अनुसार मोतिया बिन्दुको समस्या भएका ३३ जना पुरुष र २५ जना महिला गरी ५८ जनाको शिविरमानै अप्रेसन गरिएको छ। नेत्र राेग विषेशज्ञ डाक्टर कल्याण ढुङ्गानाको नेतृत्वमा ऑखा परिक्षण सहित अप्रेसन गरिएको हो। शिविरमा सहभागीहरुलाई आवश्यकका आधारमा चस्मा र औषधी समेत नि:शुल्क वितरण गरिएको थियो। वडाबाटनै आँखाको निशुल्क अप्रेसन गर्न पाउँदा खुसी लागेको स्थानीको भनाई रहेको छ। शिविरको समाजसेवी सोवित उप्रेतीले व्यवस्थापन गर्नु भएको थियो भने शिविर कार्यक्रममा फाइटफर लाईफ नेपाल काठमाण्डौका अध्यक्ष हेमा मानन्धर र मिस नेवाहरुको समेत सहभागीता रहेको थियो।
१३ कार्तिक २०८१, मंगलबार
226
Shares