गौरीशंकर न्यूज, कात्तिक १३ दोलखा । दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ को माथिल्लो भेगका कृषकहरू बेमौसमी मर्कै खेतीतर्फ आकर्षित थालेका छन् । कम जमिनमामनग्य उत्पादन हुने थालेपछि शैलुङका कृषकहरू बेमौसमी मकै खेती तर्फ आकर्षित हुनथालेका हुन् । विगतका वर्षहरूमा आलु खने पछि बाँझो रहने बारीमा अहिले मकैफलिरहेका छन् । वर्षे सिजनमा मकै उत्पदान कम हुने शैलुङमा बेमौसमी मकै भने राम्रोउत्पादन हुने गरेको स्थानीय सीतामाया बस्नेतले बताउनुभयो । मंसिर महिना पाक्ने गरेकोमकै भने कोसेलीको रुपमा आफन्ताहरुलाई दिने र आफुहरुले खाने बाहेक बजारमा लगेरविक्रि वितरण गर्ने नगरेको विमला बस्नेत बताउनुभयो । असारमा आलु खनेर छरेको मकैमंसिर महिना सम्म पाक्ने गरेको छ,। विगत चार पाँच वर्षबाट आलु खनेर बेमौसमी मर्कैछर्ने गरेको किसान कमल बहादुर बस्नेको भनाई रहेको छ । उहाँका अनुसार उक्त मकैराम्रो फल्ने गरेको छ । बेमौसमी मर्कै राम्रो उत्पादन गर्ने गरेका किसानहरुले मकैकोविक्रि वितरण भन्ने गर्न सकेका छैन् । बेमौसमीमा उत्पादन भएको मकैलाई आम्दानी सँगजोडन् सकेको आलुबाट लाखौँ आम्दानी गर्दै आएका कृषकहरुले मकैबाट पनि राम्रोआम्दानी गर्न सक्ने निचिश्त छ । त्यसैले शैलुङका कृषकहरूको बारीमा उत्पादन हुनेबेमौसमी मर्कैको विक्रि वितरणका लागि कृषक सँगै स्थानीय सरकारले पनि पहल गर्नुआवश्य छ ।
१३ कार्तिक २०८१, मंगलबार
130
Shares