गौरीशंकर न्यूज, कात्तिक १२ दोलखा । दोलखामा चालु आर्थिक वर्षको तीन महिनामा १८ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालय दोलखाले जनाएको छ । जिल्लामा चालु आर्थिक वर्ष २०८१÷०८२ को साउन महिनादेखि गत असोज महिनासम्म जबरजस्ती करणीका १८ वटा र जवरजस्ती करणीको उद्योगमा एउटा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय दोलखाका प्रमुख सोमराज काफ्लेले जनाकारी दिनुभयो । उहॉको अनुसार जिल्लामा जबरजस्ती करणीमा दर्ता भएका मुद्दा मध्ये दुई वटा फैसला भएका छन् भने १६ वटा मुद्दा प्रकियामा रहेका छन् । त्यसैगरी जिल्लामा जवरजस्ती करणी उद्योगमा एउटा मुद्दा दर्ता भएकोमा उक्त मुद्धा फैसाल हुन् बाँकी रहेको छ । जिल्लामा गत आर्थिक वर्ष २०८०÷०८१ मा २८ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएकोमा १९ वटा फैसाल भएका थिए भने जवरजस्ती करणीको उद्योगमा ५ वटा मुद्धादर्ता भएकोमा ४ वटा फैसाल भएको कार्यालय जनाएको छ । जिल्लामा १८ वर्ष मुनीका बालिकाहरु माथि जवरजस्ती करणी वढि हुने गरेको सरकारी वकिल कार्यालय दोलखाले जनाएको छ ।
१२ कार्तिक २०८१, सोमबार
156
Shares