१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

काङ्ग्रेस दोलखाले गौरीशंकरमा पासदीकी तामाङलाई उम्मेदवार बनाउने


१२ कार्तिक २०८१, सोमबार  

204
Shares

गौरीशंकर न्यूज, कात्तिक १२ दोलखा। दोलखाको गौरीशंकर गाउॅपालिकामा आगामी मङ्सिर महिनामा हुने उपनिर्वाचनका लागि जिल्लाका राजनीतिक दलहरु उम्मेदवार छनौटमा जुटेका छन्। गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको मृत्यु भएको थियो। उक्त रिक्त रहेको पदका लागि आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै दोलखाका राजनीतिक दलहरु उम्मेदवार छनौटमा जुटेका हुन्। निर्वाचनका लागि माओवदी केन्द्रले यस अघिनै मार्वुका निमलेकी शेर्पालाई उपाध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरि सकेको छ भने नेपाली काङ्ग्रेस दोलखाले पनि पासदीकी तामाङलाई उम्मेदवार बनाउने तयारी गरि रहेको नेपाली काङ्ग्रेस दोलखाका सभापती बर्मा लामाले जनाकारी दिनुभयो। उहॉका अनुसार नेपाली कांग्रेस गौरीशंकर पालिका समितिको बैठकले चंखुका तामाङलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो। तमाङ गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष स्वर्गीय श्यामसुन्दर तामाङको श्रीमती हुनुहुन्छ। नेपाली काङ्ग्रेस गौरीशंकर गाउँपालिका समितिबाट सर्वसहमती रुपमा तामाङलाई उपाध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएर जिल्ला समिति आएको छ। जिल्ला समितिको कात्तिक २२ गते बस्ने बैठकले पालिका समितिको निर्णय पारित गर्ने सभापति लामाले बताउनुभयो। त्यसैगरी नेकपा एमालेले दोलखाले पनि उपनिर्वाचन तयारी तीब्र पारेको छ। उपनिर्वाचनलाई लक्षित गरि गौरीशंकर गाउँपालिका कमीटीले उम्मेदवार छनौटका लागि पार्टीको बागमती प्रदेश कमिटी सदस्य एवं प्रदेशको पालिका ईञ्चाज उर्मिला थामी संयोजकत्वमा कार्यदल समेत गठन गरेको छ। पार्टीले निर्वाचनलाई लक्षित गरि पार्टीका नेता तथा कार्यकर्ता र मतदाताहरुको विचमा छलफल भेला लगायतका कार्यक्रमहरु तिव्र रुपमा गरिरहेको नेकपा एमाले गौरीशंकर गाउॅपालिका कमिटीले जनाएको छ। पार्टीको तर्फबाट भने उम्मेदवार टुङ्गो लगाउन बाँकी रहेको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ८ : ५५ बजे