१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

विद्यावारिधि फोरम दोलखा गठन गरिने


११ कार्तिक २०८१, आइतबार  

64
Shares

गौरीशंकर न्यूज, कात्तिक ११ दोलखा। दोलखा विद्यावारिधि फोरम’ गठन हुने भएको छ ।दोलखाबाट विद्यावारिधि गरेका व्यक्तिहरुको सञ्जाल गठन गर्ने उद्देश्यले राजधानीमा शनिबार भएको भेलाले फोरम गठन गर्ने निर्णय गरेको छ । दोलखाको सामाजिक, आर्थिक विकास र समृद्धिको लागि ज्ञानको माध्यमबाट सहयोग पुर्‍याउने र विद्यावारिधि गर्दै गरेका दोलखाली शोधकर्ताहरुलाई सहयोग गर्ने फोरम गठनको उद्देश्य रहेको बताइएको छ।फोरमले दोलखामा जन्मी वा कर्मथलो बनाई विश्वभर रहेका विद्यावारिधि गरेकाहरुलाई सहभागी गराई हरेक तीन महिनामा भेला बैठक गर्ने र दोलखाको आर्थिक सामाजिक विकासका लागि वौद्धिक बहस चलाउने छ भने विस्तृत खाका तयारी पार्न लागेको जनाइएको छ । डाक्टर सम्राट आचार्यको संयोजनमा फोरम गठनका लागि भएको भेलामा प्रा.डा. श्याम जोशी, प्रा.डा. कमल ढुंगेल, डा. विष्णुराज उप्रेती, डा. यमुना घले, डा. टीकाराम पोखरेल, डा.साकार शिवाकोटी, डा.. भीम दाहाल, डा. वासुदेव घिमिरे, डा. दिपेश खरेल, डा. अनिता श्रेष्ठ, डा. लक्ष्मी ढुंगेललगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १२ : १० बजे