१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

इश्वरभुमी बचत तथा ऋण सहकारी संस्थाको ९औँ वार्षिक साधारण सभा सम्पन्न


१० कार्तिक २०८१, शनिबार  

26
Shares

गौरीशंकर न्यूज, कात्तिक १० दोलखा। दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्वर ३ मिर्गेको पाइलेमा रहेको इश्वरभुमी बचत तथा ऋण सहकारी संस्थाको ९ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष सुबास बस्नेतको अध्यक्षयता भएको साधारण सभामा संस्थाका सचिव मेनुका गिरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष ढालबहादुर बस्नेतले ७५ लाख ७८ हजार आठसय ६२ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाको शेयर पुँजी ५ लाख ४१ हजार ५ सय रहेको छ भने,जगेडा कोष तर्फ २ लाख २४ हजार र खुद नाफा २ लाख ३८ हजार ९ सय रहेको उल्लेख गरिएको छ ।साधारण सभाको अबसरमा विभिन्न विधामा शेयर तथा बालबचतकर्तालाई नगद सहित सम्मान गरिएको सहकारी संस्थाका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । सभामा वैतेश्वर गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष कमल अधिकारी, जिल्ला सहकारी संघ दोलखाका लेखासुपरिवेक्षण समितिका संयोजक पुष्कर कुमार दाहाल, जनजागरण बचत तथा ऋण सहकारी संस्थाका सचिव दुर्गा बहादुर थापा,कालिढुङ्गा कृषि सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद खतिवडा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थामा हाल ३ सय ८०जना शेयर सदस्य रहेको सहकारी संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १२ : १४ बजे