११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

दोलखामा खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय स्थापना


१० कार्तिक २०८१, शनिबार  

72
Shares

गौरीशंकर न्यूज, कात्तिक १०दोलखा। दोलखामा खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालयको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार खानेपानी ऊर्जा तथा सिचाई मन्त्रालय अन्तर्गत प्रदेश सरकारको गत असोज १९ गतेको निर्णय अनुसार जिल्लामा कार्यालय स्थापना गरिएको हो ।

सङ्घीयताको कार्यान्वयनपछि जनताको घर आँगनबाटै सेवा प्रवाह गर्ने भनिए तापनि जनताले विगतमा भन्दा झन् बढी सास्ती पाएकोले जिल्लामै कार्यालय स्थापना गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना माननीय मन्त्री कुन्दनराज काफ्लेले बताउनुभयो ।

एक कार्यक्रमका विच  सदरमुकाम चरिकोटमा कार्यालयको उद्घाटन गर्नुहुदैँ मन्त्री काफ्लेले जिल्लामानै कार्यालय भएसँगै बामगति प्रदेश सरकारको एक घर एक धारा कार्यक्रम सफल बनाउनका लागि सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

खानेपानी ऊर्जा तथा सिचाई मन्त्रालयका सचिव मोहनकुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी,प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल र खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय दोलखाका प्रमुख विजयी कुमार यादव लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यालय स्थापना भएसँगै प्रदेश अन्तरगतको खानेपानी तथा सरसफाइका सबै काम जिल्लाबाटनै हुने भएको हो । यस अघि प्रदेशको खानेपानी तथा सरसफाई कार्यालय रामेछापको मन्थलीमा हुदाँ सेवा लिनका लागि जिल्लाका नागरिक रामेछाप जान बाध्यता भएका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ११ : ३५ बजे