गौरीशंकर न्यूज, कात्तिक ९ दोलखा । दाेलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पाेखरेल धनकुटामा सरूवा हुनुभएको छ। गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेसॅगै दोेलखाका प्रमुख जिल्ला अधिकारी पोखरेल धनकुटाको प्रमुख जिल्ला अधिकारीका रुपमा जिल्लाबाट सरूवा हुनुभएको हो। त्यसैगरी दोलखामा प्रमुख जिल्ला अधिकारीको रुपमा महाेत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल आउनु हुने भएको छ।
९ कार्तिक २०८१, शुक्रबार
0
Shares