१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

दोलखाको शैलुङमा निःशुल्क आँखा शिविर हुने


९ कार्तिक २०८१, शुक्रबार  

58
Shares

गौरीशंकर न्यूज,कात्तिक ९ दोलखा। दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ मा कात्तिक १२ र१३ गते निःशुल्क आँखा शिविर हुने भएको छ । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्वर ८ भैसेडाँडामा यहि कात्तिक १२ र १३ गते दुई दिने निःशुल्क आँखा शिविर गर्न लागिएको वडा नम्वर ८ का वडा अध्यक्ष धन बहादुर तमाङले जानकारी दिनुभयो ।

वडा कार्यालय, शैलुङ्गेश्वर स्वास्थ्य चौकीको संयुक्त पहलमा मातृका आँखा केन्द्र काठमाडौंको आयोजनामा निःशुल्क शिविर गर्न लागिएको हो । शिविर सहभागीमा हुन वडा बासीलाई वडा अध्यक्ष तमाङले अनुरोध समेत गर्नुभएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ८ : ५८ बजे