१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

भीमेश्वर नगरपालिकामा माटोले पुरिएर तीन जना घाईते


८ कार्तिक २०८१, बिहिबार  

320
Shares

गौरीशंकर न्यूज, कात्तिक ८ दोलखा। दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर २ मा घरको जग खन्ने क्रममा माथिबाट माटो खस्दा तीन जना कामदार घाईते हुनुभएको छ। जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर २ को गोले टोलमा घर निर्माणका लागि जग खन्ने क्रममा माथिबाट माटो खसेर पुर्दा काम गरिरहेका स्थानीय तीनजना कामदार घाईते हुनुभएको वडा अध्यक्ष स्टालिङ श्रेष्ठले जानकारी दिनुभयो। उहाॅका अनुसार घरको जग खन्ने क्रममा माथिबाट माटो खस्दा तीनजना सामान्य घाइते हुनुभएको हो। घाइते हुनेमा स्थानीय ज्ञान बहादुर थामी,टेक बहादुर थामी र यमबहादुर थामी रहनुभएको छ। घाईतेको तीनै जनाको चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। तीन जनाकोनै अवस्था सामान्य रहेको दोलखा प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  २ : १६ बजे