२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

दोलखामा गोलभेँडाको मूल्य हालसम्मकै उच्च


८ कार्तिक २०८१, बिहिबार  

544
Shares

गौरीशंकर न्यूज, कात्तिक८ दोलखा – पछिलो केही दिनयता दोलखामा गोलभेँडाको मूल्य आकासिएको छ। जिल्लामा गोलभेँडाको मूल्य हालसम्मकै उच्च भएको व्यापारीहरूको भनाई रहेको छ।

काठमाडौं उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १ यस ८० रुपैयाँ पुगेपछि दोलखामा पनि गोलभेँडाको मूल्य आकासिएको हो। माग अनुसार गोलभेँडाको आपूर्ति हुन नसक्दा मूल्य बढेको लामो समयदेखि तरकारी बेच्दै आउनु भएको सीता दुलालले बताउनु भयो। उहॉले भन्नु भयो अहिले हाम्रोमा गोलभेॅडा प्रतिकेजी दुई सय रुपैयाँ सम्ममा किनबेच भइरहेको छ ।

लामो समयदेखी चरिकोटमा आफुले तरकारी विक्री गरिरहेको र गोलभेँडाको मूल्य यति धेरै महँगो भएको यो पहिलो पटक भएको दुलालले बताउनु भयो।

उहाँका अनुसार यहाँभन्दा अघि गोलभेँडाको मूल्य यति धेरै महँगिएको थिएन । उपभोक्ताले बढीमा १ सयदेखि १सय ५० रुपैयाँ तिरेका थिए तर अहिले दुई सय रुपैयॉ पुगेको छ। दोलखामा जिल्लामानै उत्पादन भएका सहित काठमाण्डौ ,काभ्रे र भक्तपुर लगायतका जिल्लाबाट पनि बजारमा गोलभेँडा आउने गरेका छन्।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  १२ : ०४ बजे