१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

रवि र छविलाललाई सात दिनको म्याद थप


८ कार्तिक २०८१, बिहिबार  

34
Shares

गौरीशंकर न्यूज, कात्तिक ८ दोलखा-पुर्वगृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई अनुसन्धानका लागि सात दिन म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने र जोशी दुवैविरुद्ध सात दिन म्याद थप भएको जानकारी दिनुभयो । कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई यसअघि गएको आइतबार अदालतले छ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएकोमा म्याद बुधबार सकिएको थियो ।

असोज ६ गते पक्राउ पर्नुभएका जोशीको म्याद पनि बुधबारै सकिएको थियो ।सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गोरखा मिडियामा पोखराको सूर्यदर्शनसहित देशका विभिन्न सहकारीबाट ६५ करोड रुपियाँ रकम अवैधानिक रूपमा गएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ । सूर्य दर्शनको मात्रै पाँच करोड ५८ लाख रकम गोरखा मिडियामा गएको विभिन्न प्रतिवेदनले देखाएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  १० : ५१ बजे