१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

बाढी पहिरोबाट दोलखामा ४५३ रोपनीको अन्नबाली र ४४९ रोपनी खेतीयोग्य जमिनमा क्षति


८ कार्तिक २०८१, बिहिबार  

104
Shares

गौरीशंकर न्यूज, कात्तिक ८ दोलखा-हालै आएको बाढी र पहिरोले दोलखामा ४ सय ५३ रोपनीमा लगाएको अन्नबाली र ४ सय ४९ रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ । असोज महिनाको ११ र १२ गते आएको बाढी र पहिरोबाट दोलखामा ४ सय ५३ रोपनी क्षेत्रफलमा कुषकले लगाएको अन्नबाली र ४ सय ४९ रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब्बा हरिराम न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार खेतीयोग्य जमिन र अन्नबालीबाट जिल्लामा १६ लाख रुपैयाँ बराबरको क्षति भएको हो।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ५ : २२ बजे