११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

नयाँपुल–सिम्टे–डाँडाखर्क सडक कालोपत्रे हुने


८ कार्तिक २०८१, बिहिबार  

10
Shares

गौरीशंकर न्यूज, कात्तिक ८ दोलखा– दोलखाको मेलुङ गाउँपालिका अन्तर्ग नयाँपुल–सिम्टे–डाँडाखर्क जोड्ने सडक कालोपत्रे हुने भएको छ । जिल्लाको मेलुङ गाउँपालिका अन्तर्गत भीमेश्वर नगरपालिकाको नयाँपुल–सिम्टे–डाँडाखर्क जोड्ने सडक कालोपत्रे हुने भएको हो । उक्त कालोपत्र भएसँगै जिल्लाको मेलुङ र शैलुङ गाउँपालिकाका नागरिकहरुको लागि सहर्ज हुने छ । एशियाली विकास बैङ्कको ऋण सहयोगमा ग्रामिण सडक संजाल सुधार कार्यक्रम अन्तर्गत बागमती प्रदेश सरकार अन्तर्गत यातायात पूर्वाधार निर्देशनालयले गत बर्षको १७ करोड ९१ लाख ११ हजारमा ठेक्का मार्फत काम सुरु भएको गाउँपालिका अध्यक्ष हिरा थोकरले जानाकरी दिनुभयो। उहाँका अनुसार नयाँपुल–पवटी–डाँडाखर्क सडकखण्ड जोड्ने ६,७१९ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी सुरु गरिएको छ । उक्त सडक कम्पनीले २ बर्षभित्र सम्पन्न गरि सक्नुपर्ने सम्झौतामा उल्लेख छ तर आगामी आर्थिक बर्षको जेठभित्रै सम्पन्न गर्ने गरि काम सुरु भएको गाउँपालिका अध्यक्ष थोकरले बताउनु भयो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  १ : ५० बजे