गौरीशंकर न्यूज, कात्तिक ७ दोलखा ।आर्थिक अभावका कारण मर्मतसम्भार नहुँदा दोलखाको सदरमुकाम चरिकोेटमा रहेको अक्सिजन प्लान्ट विगत तीन महिनादेखी बेकामे बनेको छ ।
अक्सिजन प्लान्टको मुख्य पाइपमा समस्या आएका कारण अक्सिजन उत्पादन बन्द भएको तीन महिना भइसकेको पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पताल सञ्चालक समिति दोलखाका अध्यक्ष भरत प्रधानले जनाकारी दिनुभयो। उहाँका अनुसार विग्रिएको प्लान्टको समयमा मर्मत–सम्भार नहुदाँ प्लान्ट सञ्चालन गर्न र अक्सिजन उत्पादन गर्न नसकिएको हो ।
स्वदेशमा पार्टपुर्जा नपाउने,जुन कम्पनीले प्लान्ट जडान गरेको हो त्यहि कम्पनीले प्लान्टको पार्टपुर्जा ल्याउनु पर्ने र मर्मतकालागि करिब १० लाख रुपैयाँ लाग्ने भए पनि अस्पतालसॅग आर्थिक भएका कारण प्लान्ट मर्मत–सम्भारमा समस्या भएको अस्पताल प्रशासनको भनाई रहेको छ।
मर्मतका लागि पार्टपुर्जा चिनबाट नेपाल ल्याईसकिएकाले तिहार पछि सम्म मर्मत–सम्भार गरि सञ्चालनमा ल्याईने तयारी गरिएको भएपनि आर्थिक अभाव भएका कारण समस्या भएको अध्यक्ष प्रधान बताउनु भयो ।
२०७७ सालमा ७३ लाख ७३ हजार रुपैयाँ लागतमा चरिकोटमा अक्सिजन प्लान्ट जडान गरिदिएको थियो ।