गौरींशकर न्यूज, कार्तिक ७ ।
मेलुङ गाउँपालिका वडा नम्वर १ पवटीमा रहेको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको रकम चोरीको आरोपमा अध्यक्ष छत्रराज उप्रतीसहित चारजना विरुद्ध आज प्रकाउपुँजी जारी गरिएको छ ।संस्थाकै पदाधिकारीको संलग्न देखिएपछि जिल्ला अदालतमा सहकारीका अध्यक्ष छत्रराज उप्रेती र कोषाध्यक्ष हेमराज उप्रेती र कर्मचारीहरु महेन्द्र भुजेल र रामशरण कार्की विरुद्ध आज प्रकाउपुँजी जारी गरिएको जिल्ला अदालत दोलखाका श्रेष्तेदार अञ्चन भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार सरकारी वकिल कार्यालय दोलखाले सहकारी चोरीमा संस्थाकै पदाधिकारीको संलग्न देखिएपछि जिल्ला अदालतमा सहकारीका कोषाध्यक्ष हेमराज उप्रेती दुई जना कर्मचारीहरु विरूद्व हिजो मुद्दा दर्ता गरिएको थियो ।२०८० माघ १५ गते राती हाम्रो सूर्योदय सहकारीबाट ३२ लाख ८७ हजार चोरी भएको थियो । सहकारीको रकम चोरी प्रकरणमा प्रहरीले सुरुमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।त्यसबेला प्रहरीले सहकारीको कार्यालय भएको घरधनी पुर्व कोषाध्यक्ष कपिलमणि न्यौपानेलाई पनि पक्राउ गरेको थियो । तर,सहकारीको रकम चोरीमा संलग्नता नदेखिएपछि प्रहरीले उहाँलाई फागुन २ गते रिहा गरेको थियो भने न्यौपाने फागुन ५ गते आफ्नै घर नजिकै रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।त्यसपछि प्रहरीले न्यौपानेको मृत्यु प्रकरणबारे पनि अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा न्यौपानेको साथबाट प्रहरीले ‘सुसाईड नोट समेत फेला पारेको थियो।’जसका आधारमा प्रहरीले सहकारीका अध्यक्ष, उपाध्यक्ष, व्यवस्थापक, सचिव र सह–सचिव गरी ५ जनालाई पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएको थियो।
७ कार्तिक २०८१, बुधबार
496
Shares