गौरीशंकर न्यूज, कात्तिक ५ दोलखा- भीमेश्वर मन्दिरमा २ सय ५० किलोको घण्टी राखिएको छ । भीमेश्वर मन्दिरको अगाडिपट्टि बाँयातर्फ सोमबार पञ्च धातुवाट बनेको २ सय ५० किलोको घण्टी राखिएको भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्रनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार १५ लाखको लागतमा बनाइएको घण्टी दोलखाको भीमेश्वर नगरपालिका मकैवारी साखिनेका बस्नेत परिवारले मन्दिरमा चढाउनु भएको हो । भीमेश्वर नगरपालिका वडा नम्वर ७ मकैवारीस्थित साखिने स्थायी घर भएका नेपाली सेनाका तत्कालिन कर्णेल स्वर्गीय दलवहादुर बस्नेतले भीमेश्वर मन्दिरमा १९६८ सालमा ठूलो घण्टी चढाउनु भएको थियो । उक्त घण्टी जिर्ण बनेपछि त्यसलाई १ सय १३ बर्षपछि परिवर्तन गरी बस्नेत परिवारले नयाँ घण्टी मन्दिरमा चढाउनु भएको हो । नयाँ घण्टीलाई पुरानै घण्टी रहेको स्थानमा राखिएको छ । यसअघिको ११३वर्ष पुरानो घण्टीलाई संग्राहलयमा राखिने भीमेश्वर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
६ कार्तिक २०८१, मंगलबार
14
Shares