गौरीशंकर न्यूज, कात्तिक ५ दोलखा-दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ९ मा खुल्ला पुरुष फुटबल प्रतियोगी आयोजना गरिएको छ। प्रतियोगिताको बागमती प्रदेश सांसद भरत बहादुर केसीले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको थियो ।
एक्टिभ ब्वाइज क्लब खरिढुङगको आयोजना र भीमेश्वर नगरपालिका वडा नम्वर ९ को मुख्यप्रायोजनमा भएको प्रतियोगितामा १९ वटा क्लबको सहभागीता रहेको भीमेश्वर नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष हिमाल श्रेष्ठ जानकारी दिनुभयो।
प्रतियोगीका विजयी प्रतियोगितालाई प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ ट्रफि र द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयॉ र ट्रफि प्रदान गरिने छ भने बेष्ट खेलाडीलाई ५ हजार, ट्रफि बेष्ट किपरलाई ५ हजार ट्रफि,सर्वाधिक गोल कर्तालाई ,५ हजार ट्रफि बेष्ट कोचलाई ५ हजार र ट्रफि म्यान अफ दि म्याच १ हजार ट्रफि प्रदान गरिने छ।