गौरीशंकर न्यूज, कात्तिक ५ दोलखा-राष्ट्रिय स्वतन्त्र पार्टीले आज दोलखाको सदरमुकाम चरिकोटमा प्रदर्शन गरेको छ । पार्टी सभापतिका रवि लामीछानेलाई प्रकाउ गरेपछि बिरोधमा पार्टीले चरिकोटमा प्रर्दशन गरेको हो । पार्टीले जिल्ला प्रशासन कार्यालय दोलखाबाट चरिकोटको सातदोबाटो सम्म कोणसभा गरेको थियो। कोणसभालाई पार्टी सभापति दिनेश बस्नेत,वैतेश्वर गाउँपालिका सभापति श्यामसुन्दर सुवेदी,भीमेश्वर नगरपालिका कमीटीका सभापति सोमप्रसाद दाहाल र नेता दिपक कालिकोटे लगायतले सम्बोधन गर्नुभएको थियो। सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा दोलखामा प्रदर्शन गरिएको हो। प्रदर्शनमा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागीता रहेको थियो। सहकारी ठगी र सङ्गठीत अपराधमा अनुसन्धानका लागि गत शुक्रबार पक्राउ पर्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले छ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
५ कार्तिक २०८१, सोमबार
48
Shares