गौरीशंकर न्यूज, कात्तिक ४ दोलखा- दोलखामा गत असोज महिनामा आएको वाढी र पहिरोमा परि ३ सय ३० वटा निजी आवासमा क्षति पुुगेको पाईएको छ । जिल्लामा गत असोज ११ र १२ गते गएको बाढी र पहिरोबाट पुर्णरुपमा ३७ वटा र आंशिकरुपमा २ सय ९३ वटा गरी ३ सय ३० वटा निजी आवासमा क्षति पुुगेको जिल्ला प्रशासन कार्यालय दोेलखाका नायब सुब्बा हरिराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी र पहिरोमा विगुमा ६ वटा,मेलुङमा १५ वटा,शैलुङमा २ वटा र भीमेश्वर नगरपालिकामा १४ वटा गरि ३७ वटा घर पुर्णरुपमा क्षति भएका छन् भने तामाकोशीमा ११ वटा, विगुमा १ सय १० वटा,मेलुङमा २५ वटा,शैलुङमा १८ वटा र भीमेश्वर नगरपालिकामा १ सय २९ वटा गरी २ सय ९३ वटा घरमा आंशिक क्षति पुगेको छ । जिल्लामा बाढी र पहिरोबाट मेलुङमा २६, वैतेश्वर ८,शैलुङमा १७ गरि ५१ घरधुरी विस्थापित भएका छन् भने मेलुङमा ८४ जना,वैतेश्वरमा १० जना,शैलुङमा ८६ जना गरी १ सय ८० जना विस्थापित हुनु भएको जिल्ला विपद व्यवस्थापन समिति दोलखाले जनाएको छ। त्यसैगरी जिल्लामा विगुमा १ सय ९१,वैतेश्वरमा ४०,भीमेश्वर नगरपालिकामा १ सय ५९ गरि ३ सय ९० घरधुरी प्रभावित भएको छन् भने जिल्लामा बाढी र पहिरोमा परि मेलुङमा ८५ जना,शैलुङमा १९ जना र भीमेश्वरमा ६ सय ३० जना गरि ७ सय ३४ जना प्रभावित हुनु भएको छ । जिल्लामा बर्षासँगै आएको बाढी पहिरोमा परी सात जनाको मृत्यु भएको थियो ।
४ कार्तिक २०८१, आइतबार
348
Shares