१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

तामाकोसी जलविद्युत् आयोजनाको मर्मत सम्भार तत्काल थालिने


३ कार्तिक २०८१, शनिबार  

18
Shares

गौरीशंकर न्यूज, कात्तिक ३ दोलखा-ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मतसम्भार यथाशीघ्र थालेर बिजुली उत्पादन गरिने बताउनु भएको छ। जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसहित आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षणपछि उहाॅले आयोजनामा भएको क्षतिका कारण राज्यले अकल्पनीय घाटा व्यहोर्नुपरेको बताउँदै यथाशक्य चाँडो मर्मतसम्भार गरी विद्युत् उत्पादन गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको हो। मन्त्री खड्काले आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत् उत्पादन गर्न सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता दोहो¥याएको उहाॅको निजी सचिवालयले जनाएको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले आगामी तीन साताभित्रमा विद्युत् उत्पादन थाल्नेगरी काम भइरहेको बताउनुभयो।गत असोजमा गएको बाढीपहिरोका कारण ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा एक अर्ब ८० करोड रूपैयाँ क्षति भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत गौतमले जानकारी दिनुभयो।आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल तथा पहुँचमार्गमा समेत क्षति पुग्दा एक अर्ब ८० करोड बराबर नोक्सान भएको गौतमले बताउनु भयो।आयोजनाको बिजुली उत्पादन अहिले ठप्प छ। विद्युत उत्पादन बन्द हुँदा दैनिक चार करोड रूपैयाँ आम्दानी गुमाउनु परेको प्रवर्द्धक कम्पनीले उल्लेख गरेको छ। आयोजनाको सम्पूर्ण मर्मत सक्न भने कम्तीमा पनि ६ महिना लाग्ने उहाॅको भनाइ छ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  २ : १५ बजे