१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

दोलखाको मार्वुमा चितुवाले घरपालुवा जनावर मार्न थालेपछि स्थानीयमा त्रास


३ कार्तिक २०८१, शनिबार  

96
Shares

गौरीशंकर न्यूज, कात्तिक ३–गएराती दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्वर ७ का कृषक कृष्ण बहादुर श्रेष्ठको एउटा भैसी चितुवाले मारेको छ । जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ७ मार्बुमा चितुवाको आतंक बढेको पाईएको छ। श्रेष्ठले पाल्नु भएको भैसी राती चितुवाले मारेको स्थानीय भक्त बहादुर शिवाकोटीले वताउनुभयो ।मार्वुमा केहि महिनायता चितुवाले घरपालुवा जनावर मार्न थालेपछि वैतेश्वर गाउँपालिका वडा नम्वर ७ को रिमाल टोल र वेताने टोलमा त्रास बढेको हो । शिवाकोटीका अनुसार मार्वुको रिमाल टोलमा विगत एक महिनाको अवधिमा ३ वटा भैसी र वेताने टोलमा दुई वटा गाईसहित अन्य टोलहरुमा कृषकहरुले पालेका बाख्राहरु मारेपछि त्रास फैलिएको हो ।शिवाकोटीले भन्नु भयो रिमाल टोलमा मैले र उद्धव वादीले पालेको एक÷एक वटा भैसी र वेताने टोलमा धन बहादुर तमाङले पाल्नु भएको गाईको माउवाछा चितुवाले मा¥यो । अहिले चितुवाले गाई,भैसी, बाख्रा सहितका पशु आक्रमण गर्दै खान थाले पछि स्थानीय त्रसित भएका छन् । राती बाँधेको ठाउँमानै पशुहरु मार्ने र खाने गरेको पाईएको कृषकहरुको भनाई रहेको छ । दैनिक जनावर मार्न थालेपछि साँझबिहान हिँडडुल गर्न समेत त्रास भएको स्थानीयको भनाई रहेको छ ।वडामा पछिल्लो समय चितुवाले पशुहरु मारी रहेको वडा अध्यक्ष मिनकुमार शिवाकोटीले वताउनुभयो । केहि महिना अघि देखिनै घर पालुवा बाख्रा पाठा आक्रमण गरी खान सुरु गरेको भएपनि केहि दिन अघिमात्रै स्थानीयले वडामा जानकारी गराएको शिवाकोटीको भनाई रहेको छ ।कुषकहरुले पालेको पशुको क्षतीपुर्तीको लागि वडा तथा पालिका स्तरमा छलफल भैरहेको वडाले जनाएको छ । वैतेश्वरमा चितुवाले दैनिक जनावर मार्न थालेको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख कृष्णराज न्यौपानले जानकारी दिनुभयो । उहाँले स्थानीय नागरिकलाई नआत्तिन समेत आग्रह गर्नुभएको छ । साथै कृषकहरुको क्षति सहितको वितरण पालिकाबाट प्राप्त भएपछि क्षतिको आधारमा क्षतीपुर्तीको लागि पहल गर्ने समेत न्यौपानले बताउनु भयो ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ११ : ४६ बजे