गौरीशंकर न्यूज, कात्तिक ३– दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्वर ७ मा आज बस र बोलेरोजिप एकापसमा ठोक्किएका छन् । आज काठमाण्डौँबाट सिँगटी तर्फ जादै गरेको बा २ ख ६४२५ बस र सिँगटीबाट चरिकोट तर्फ आउदै गरेको बा १९च ३९३८ नम्वरको बोलेरो जिप सुनखानीको भदौरेमा एकआपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धन भई रहेको प्रहरीले जनाएको छ ।
३ कार्तिक २०८१, शनिबार
674
Shares