१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

लुक्लाका १ हजार ३ सय भन्दा बढि पर्यटक मन्थलीमै रोकिए


२ कार्तिक २०८१, शुक्रबार  

0
Shares

गौरीशंकर न्यूज, कात्तिक २ । दोलखा- सोलुखुम्बुको लुक्लामा मौसम खराब भएपछि एक हजार तीन सय जनाभन्दा धेरै पर्यटक रामेछापको मन्थलीमा रोकिएको छन् ।लुक्ला हुँदै सगरमाथालगायतका क्षेत्रमा घुम्न जाने स्वदेशी र विदेशी पर्यटक मन्थली विमानस्थल हुँदै जाने गरेका छन् ।

लुक्ला जान मन्थली पुगेका पर्यटक लुक्लाको मौसम उडानयोग्य नभएपछि रोकिएको नेपाल नागरिक उड्ययन प्राधिकरण रामेछाप कार्यालयका सूचना अधिकारी प्रज्जवल गुरागाईंले जानकारी दिनुभयो।

गत सोमवारदेखि लुक्लाको मौसम खराब हुँदा मन्थली–लुक्ला नियमित उडान हुन नसकेको हो ।हिजो हेलिकप्टले २८ वटा उडानमार्फत एक सय ३५ जना पर्यटकलाई सोलुखुम्बुको फाप्लु तथा सुर्के पुर्‍याएका थिए ।

अझै एक हजार तीन सय जनाभन्दा बढी पर्यटक रोकिएका छन् । हवाई उडान प्रभावित हुँदा मन्थलीमा पर्यटक बढिरहेकाले होटलमा समेत कोठा पाउन मुश्किल भइसकेको छ । अहिले मन्थलीका होटलसँगै होमस्टे पनि पर्यटकले भरिभराउ भएको होटल तथा पर्यटक व्यवसायी सङ्घले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  २ : ०९ बजे