१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

सहकारी ठगी प्रकरण  लामिछाने पक्राउ, स्थलमार्गबाटनै पोखरा पठाइयो


२ कार्तिक २०८१, शुक्रबार  

16
Shares

गौरीशंकर न्यूज, कात्तिक २ ।दोलखा-सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो । लामिछानेले ६ .४५ बजे पक्राउ पुर्जी बुझेर कागजमा हस्ताक्षर गर्नु भएको हो।

उहाँलाई अहिले स्थलमार्गबाट पोखरा लगिँदैछ ।जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाप्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो ।

कास्की प्रहरीको पत्र आएपछि उहाँलाई प्रहरीले पक्राउ गरेको हो ।गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १ : ४८ बजे