१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

सुनको भाउमा नयाँ कीर्तिमान: मुल्य अहिलेसम्मकै उच्च


१ कार्तिक २०८१, बिहिबार  

0
Shares

गौरीशंकर न्यूज, कात्तिक १ । दोलखा

सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ। आज सुनको भाउ तोलामा छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो। बिहीबार सुन तोलाको एक लाख ६२ हजार चार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउले कीर्तिमान कायम गरेको थियो । हिजो सुनको भाउ तोलामा एक लाख ६१ हजार आठ सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ भने यथावत् छ । चाँदी तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १० : ३४ बजे