गौरीशंकर न्यूज, कात्तिक १ – दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर७ मा बस र सुमो एकापसमा ठोक्किएका छन्। आज काठमाण्डौँबाट सिँगटी तर्फ आउदै गरेको सुमो र दोलखाको नाम्दुबाट काठमाण्डौँ जादै गरेको बस भीमेश्वर नगरपालिका वडा नम्वर ७ मा एकआपसमा ठोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्रराईले जानकारी दिनुभयोे । उहाँका अनुसार तिव्र गतिका कारण बा००६७७१ नम्वर बस र ना १ ज८७३९ नम्वरको सुमो एक आपसमा ठोकिएको हो । मानविय क्षति भने नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
१ कार्तिक २०८१, बिहिबार
1.4k
Shares