१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

जापानबाट विवेक चिमोरियाको परिवारलाई ५० हजार सहयोग


६ भाद्र २०८१, बिहिबार  

32
Shares

दोलखा । जापानमा निधन भएका विवेक चिमोरियाको परिवारलाई ५० हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।

नेपाली जनसम्पर्क समिति जापान अन्तरिम सभापति डिका कार्की तथा महामन्त्री द्वोय शम्भु केसी र विराट खनाल लगायतको समन्वयमा सो रकम बिहिबार प्रदान गरिएको हो ।

चरिकोटमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले विवेकका दाजु सन्तोष चिमोरियालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

गौरिशंकर गाउँपालीका – २ जुगू स्थाई घर भएका चिमोरिया अध्यनको लागि जापान गएका थिए । उनी तीन महिना नहुँदै हृदयाघातका कारण मृत्यु भएको थियो।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ३ : १० बजे