१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

मृगौला फेल भएकी मिराको उपचारका लागि आर्थिक संकलन अभियान


५ भाद्र २०८१, बुधबार  

4
Shares

चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा मिरा खुलाल (वर्ष ३०) को दुवै मृगौला तथा कलेजो प्रत्यारोपणका लागि आर्थिक सहयोग अभियान सुरु भएको छ ।

गौरीशंकर बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजले ‘मिरा बचाउ अभियान’ सहित आर्थिक संकलन अभियान सुरु गरिएको हो ।
आर्थिक अवस्था कम्जोर भएकी मिराको जीवन बचाउका लागि पुर्व विद्यार्थी तथा शुभचिन्तहरुमा सहयोगका लागि समाजले अपिल गरेका छन् ।

समाजका अध्यक्ष राम बहादुर श्रेष्ठले स्वदेश तथा विदेशमा रहेका गौरीशकर क्याम्पसका पुर्व विद्यार्थीहरु तथा शुभचिन्तकहरुले मिरा बचाउ अभियानमा आर्थिक सहयोगका लागि आग्रह गरेका छन् ।

‘सानो सहयोगबाट मिराले नयाँ जीवन पाउँन सक्छ । यो मानविय अभियानमा हातेमालो गरौं,’ समाजका अध्यक्ष श्रेष्ठले भने,‘हामीले जति सक्छौं । जे सक्छौं मिरालाई बचाउ । मेरो सबैमा यही अनुरोध छ ।’

मिराको स्थायी घर कालिन्चोक गाउँपालिका ७ नं. वडा सित्का हो ।

गौरीशंकर बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजका अध्यक्ष राम बहादुर श्रेष्ठ ९८४९१७६९०५ सँग थप जानकारी लिन सकिने छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  २ : ३७ बजे