चरिकोट । बागमती प्रदेश भौतिक पुर्वधार विकास कार्यालय सिन्धुपाल्चोकका सब इन्जिनियर हिरा बाबु थापालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिरासतमा राखिएको छ ।
दोलखाको विगु क्षेत्रमा सडक निर्माणको काममा ८० हजार घुस लिन कर्मचारी पठाएको विषयमाथि अनुसन्धान गर्न थापालाई हिरासतमा राखिएको अख्तियारले जनाएको छ ।
दोलखाको विगु गाउँपालिका वडा नम्वर ३ को बाउन टोलमा १० लाखको सडक मर्मतमा थापाले एक लाख रुपैयाँ कमिसन मागिएको निर्माण पक्षले जनाएको छ ।
सब इन्जिनियर थापाले यसअघि नै २० हजार रुपैँया लिइ सकेको निर्माण पक्ष लालसाङ तामाङको भनाई छ ।
काम सकिएपछि असार २१ गते बाँकी ८० हजार सुपर भाइजर सुङबा शेर्पा र नहकुल शिवाकोटीलाई निर्माण पक्षसँग पैसा लिन थापाले पठाएका थिए ।
सोही क्रममा शेर्पा र शिवाकोटीलाई गौरीशकर न्यूजको टिम र प्रहरीले नगद ८० हजारसहित पक्राउ गरिएको थियो ।
बागमती प्रदेशको पूर्वाधार विकास सम्बन्धी हरेक योजनामा सव ई थापाले कमिसन माग्ने गरेको उपभोक्ता समितिका पदाधिकारले बताएपछनि प्रमाण बाहिर आएको थिएन । यसपटक थापाले कमिसन मागेको अडियो सार्वजनिक भएपछि अनुसन्धानको लागि अख्तियारले हिरासतमा लिएकाे छ। अहिले सुङबा शेर्पा र नहकुल शिवाकोटी पनि हिरासतमा नै रहेको अख्तियारले जनाएको छ ।सुनौं, सव ईन्जिनियर थापाको अडियो ।