राष्ट्रिय युवा संघ दोलखाको आयोजनामा एक युवा पाँच विरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दोलखाको आयोजनामा भीमेश्वर नगरपालिका–५ पीपलबोटमा वृक्षारोपण गरिएको हो ।
संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको भन्ने नाराकासाथ राष्ट्रिय युवा संघ नेपालले एक युवा पाँच विरुवा एक महिने वृक्षारोपण २०८१ अभियान सञ्चालनमा ल्याएको थियो । उक्त अभियानअन्तर भीमेश्वर नगरपालिका–५, पीपलबोटमा वृक्षारोपण गरिएको युवा संघ दोलखाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।

यस अभियानअन्तरगत एक सय वटा धुपी, कपुर, लिचीको साथै विभिन्न जातका फूलका विरुवाहरु रोपिएका छन् । युवा संघको अभियानमा नेकपा एमाले दोलखाका प्रचार विभाग प्रमुख हरि ओली, भीनपा वडा नं. ५ का वडाअध्यक्ष वासु श्रेष्ठ, पार्टीका वडा कमिटी, अनेरास्ववियू, युवा संघका केन्द्रीय सदस्य भुवन गुरुङ लगायतका उपस्थिति रहेका थिए ।