१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

भीमेश्वर नगरपालिकाद्वारा मनाइयो भानु जयन्ति


३१ असार २०८१, आइतबार  

82
Shares

चरिकोट । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा साहित्यिक पुस्तक विमोचन गरिएको छ । हरेक वर्ष मनाउँदै आएको भानु जयन्तीको अवसरमा पुस्तक प्रकाशन तथा विमोचन गर्दै आएको छ ।

भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा दोलखा संस्कृति प्रतिष्ठान र भानु–विद्यापति साहित्य प्रतिष्ठानले २०७७ सालदेखि दोलखा साहित्य यात्रा पुस्तक प्रकाशन गर्दै आएको छ । दोलखाली सर्जक लगायत अन्य साहित्य अनुरागीहरुले लेखेका कविता, गजल, मुक्तक, गीत, लघुकथा, यात्रा संस्मरण लगायतका सृजनाहरु समेटिएको पुस्तक दोलखा साहित्य यात्रा–५ विमोचन गरिएको हो ।

भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङ, दोलखाका प्रमुख प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललगायतले संयुक्त रुपमा विमोचन गरिएको भानुविद्यापति साहित्य प्रतिष्ठानका सचिव सुन्दर खड्काले जानकारी दिनुभयो ।

कार्यक्रम दोलखा संस्कृति प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठको अध्यक्षता र भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा भएको थियो ।
सोही कार्यक्रममा भानु– विद्यापति साहित्य प्रतिष्ठान दोलखाले भीमेश्वर नगरपालिकाको सहयोगमा स्थापना गरेको भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८१ बाट विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखालाई प्रदान गरिएको छ । नगद १० हजारसहित प्रमाणपत्र र दोसल्लाले विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिलाई प्रदान गरिएको हो । पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्केले ग्रहण गर्नुभएको थियो ।

प्रकाशित मिति : ३१ असार २०८१, आइतबार  ३ : २२ बजे