चरिकोट । पशुपति कन्या मन्दिर माध्यामिक विद्यालयका शिक्षक दिपशंकर चौलागाईले १४ वर्षकी छात्रामाथि यौन दुरव्यवहार गरेको समाचार बाहिरीएसँगै पुर्व विद्यार्थीहरुले सामाजिक सञ्जालमा ‘मि टु’ को आरोप लगाएका छन् ।
गौरीशंकर न्यूजले एक छात्रामाथि गरिएको दुरव्यवहारको सामाचार सार्वजनिक गरेपछि २३ जना विद्यार्थीहरुले ‘मि टु’ को आरोप लगाएका हुन् ।
उनीहरुले समाचार सत्य रहेको प्रतिक्रियादिँदै दिपशंकर चौलागाईको विरुद्धमा खुलेर विभिन्न प्रतिक्रिया लेखेका छन । उनीहरुका अनुसार चौलागाईले पढाउने नाममा छात्राहरुमाथि यौनजन्य दुरव्यवहार गर्ने गरेका छन् ।
नेपाल पत्रकार महासंघ दोलखका अध्यक्ष समेत रहेका चौलागाइले विगतदेखि नै छात्राहरुमाथि अनैतिक कार्य गर्ने गरेको विद्यार्थीहरुले खुलेर प्रतिक्रिया दिएका छन् । उनीहरुले जनुसुकै ठाउँमा चौलागाईको विरुद्धमा उठेर बोल्न तयार रहेको गौरीशंकर न्युजसँग प्रतिक्रिया दिएका छन् ।
पुर्व विद्यार्थी शेर्पा लाक्पा डोल्मा लेख्छिन,‘हो हो यो कुरा सत्य हो । हामी स्कुल पढ्ने बेलामा नी सबै विद्यार्थीहरु माथी अनकफर्टेबल अवस्था गथ्र्यो । यसको व्यहोरा पहिले देखिनै त्यस्तै हो । बल्ल यसको विरुद्ध बोल्ने हिम्मत कोसिस गरेको छ । हामी सबै मिलेर सजाय दिनुपर्छ । यस्तो मान्छे लाई ।’
चौलागाईको विरुद्धमा कन्या माविका छात्राहरुले धेरै पटक प्रअ गोविन्द नारायण मान्धरलाई कारबाहिका लागि निवेदन दिएको बताए । तर, प्रअले चौलागाईलाई कुनै पनि कारबाहि गर्न नसकेको दावी गर्छन ।
एलिजा श्रेष्ठ लेख्छिन,‘बल्ल यसको हर्कत निस्कियो । सय प्रतिशत सहि कुरा हो । यो सर कस्तो छ भनेर थाहा हुनेहरुले यसको विरुद्धमा बोलौं ।’
यस्तै अर्की छात्रा ज्ययाङ लामा लेख्छिन,‘ हामी स्कुल पढ्दा हाम्रै आँखाले देखेको हाम्रो कक्षाको ठुलो उमेरको केटीहरुलाई व्याट टच गरेको छ । त्यो बेला भन्न सकिदैन थियो । यो कुरा सत्य हो ।’
पत्रकार महासंघ दोलखाका अध्यक्ष चौलागाईद्वारा छात्रामाथि ‘सेक्सुअल ह्यारेसमेन्ट’
तर, प्रअले यो यो विषयमा खासै चासो लिएको देखिएन,‘पुर्व विद्यार्थीहरुको आरोप छ ।’