११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

तामाङ घेदुङ दोलखाका अध्यक्षमा टिकाराम ख्युङ्बा


६ असार २०८१, बुधबार  

342
Shares

चरिकोट । नेपाल तामाङ घेदुङ दोलखाका अध्यक्षमा टिकाराम ख्युङ्बा तामाङ चयन हुनुभएको छ । सदरमुकाम चरिकोटमा आज सम्पन्न घेदुङको छैठौं जिल्ला अधिवेशनबाट तामाङ अध्यक्षमा चयन हुनुभएको हो । तामाङको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन भएको छ ।

घेदुङको नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष रामकृष्ण तामाङ, सचिव यमलाल तामाङ मोक्तान, सहसचिव चन्द्र गोले र कोषाध्यक्ष मैना तामाङ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा मसली तामाङ, राम बहादुर तामाङ, नरेमाया तामाङ, विनोद तामाङ, शंकर कुमार तामाङ, प्रमिसा तामाङ, यमुना तामाङ, हरि बहादुर रुम्बा तामाङ, बबिना तामाङ र बिमाया तामाङ रहेका छन् ।

नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति दोलखाका अध्यक्ष नविन लामाको अध्यक्षता र घेदुङ बागमती प्रदेश समितिका सदस्य उषा तामाङको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस पार्टी दोलखाका सभापति वर्मा लामा र घेदुङका पूर्वकेन्द्रीय सदस्य हर्कमान पाख्रीनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बुधबार  १० : ५२ बजे