१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

बहु विशेषज्ञ शिविरबाट चार सयभन्दा बढी लाभान्वित


३० जेष्ठ २०८१, बुधबार  

52
Shares

बाबुराम शर्मा
सदरमुकाम चरीकोट स्थितको च्छोरोल्पा जनरल अस्पताल प्रालिको आयोजना तथा एभरेस्ट अस्पताल काठमाडौँको सहकार्यमा जिल्लामै पहिलो पटक भएको एक दिने बहु विशेषज्ञ शिविरबाट चार सयभन्दा बढी बिरामी लाभन्वित भएका छन् ।
आर्थिक अभावले अन्यत्र गएर उपचार गर्न नसक्ने वर्गलाई लक्षित गरी सञ्चालन गरिएको यो शिविरबाट ४०७ जनाले सेवा पाएका अस्पताल प्रमुख डा। विनोद दङगालले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा मुटु, प्रेसर,सुगर थाइराइड, मोटोपना, छाला, हाडजोर्नी, मानसिक,स्त्री रोग, पित्त, हर्निया,हाइड्रोसिल, पाइल्स, फिस्टुला, दम, ज्वरो, टाउको दुखेको र सामान्य सामान्य शल्यक्रिया समेत भएको छ ।
शिविरमा एभरेस्ट अस्पताल काठमाडौँका मुटु रोग विशेषज्ञ, इन्डोक्राइनोलोलिस्ट, छाला रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र जनरल पिजिसियन समेत विशेषज्ञ १७ जना सहित २४ जनाको टोली र अस्पतालका चिकित्सकसहित प्राविधिकले सेवा प्रदान गरेका छन् ।
शिविरमा टिकट र परामर्श सेवा निःशुल्क र अन्य सम्पूर्ण सेवामा ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको अस्पताल प्रमुख डा।दङगालले जानकारी दिनुभयो ।
अस्पतालले इन्डोस्कोपी, मुटुको भिडियो एकसरे, ट्रमा युनिट, फङसन टेस्ट,जटिलखाले शल्यक्रियालगायतका सेवा प्रदान गर्दै आएको छ ।


उपचारका लागि लाइन लागेका बिरामीहरु । तस्विर बाबुराम शर्मा

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १२ : ३१ बजे