१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

हिमालयन स्वतन्त्र बाल क्लवको आह्वान‘वातावरण संरक्षणमा एक्येबद्धता गरौं’


२४ जेष्ठ २०८१, बिहिबार  

82
Shares

चरिकोट । हिमालयन स्वतन्त्र बाल क्लबले विश्व वातावरण दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरु गरेका छन् ।
अन्नपुर्ण फाउन्डेसनको समन्वयमा दोलखाको सदरमुकाम चरिकोटमा जनचेतनामुलक कार्यक्रमसहित वातावरण संरक्षणमा एक्येबद्धता गर्न सबैलाई आह्वान गरेका हुन् ।

द हिमालयन क्राउन एकेडेमी अन्तर्गत गठन भएको बाल क्लवले सातदोबाटो चोकमा रचनात्मक तथा सन्देशमुलक प्लेकाड सहित उभिएर वातावरण दिवस मनाएका थिए ।

विद्यालयका प्रिन्सिपल माया तमाङले विद्यार्थीहरुलाई वातावरण संरक्षणमा सचेतना र अभियानमुखि कार्यक्रम सञ्चालनका लागि यस्ता कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने बताए । कार्यक्रममा बाल क्लबका अध्यक्ष पेम्वा तमाङको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ३ : ०३ बजे