बाबुराम शर्मा
भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखाका नेवार समुदायमा प्राचीनदेखि चल्दै आएको फेर ( पर्म ) प्रथा लोप हुनबाट जोगाउन आयोजित फेर उत्सव तथा कृषक प्रोत्साहन पुरस्कार वितरण कार्यक्रममार्फत उत्कृष्ट कृषहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।
शनिबार फेर प्रथा जिन्दावाद, किसान हाम्रो अन्नदाता, किसानको सम्मान गरौा,खेतबारी बाँझो नराखौँ, विदेसी अन्न नखाऔँ मूलनाराका साथ आयोजित कार्यक्रमबाट उत्कृष्ट चार किसान समूहलाई कृषि सामग्री वितरण गरिएको फेर प्रथा तथा कृषि प्रबर्धन समितिका संयोजक हर्कबहादुर श्रेष्ठले जानकारी दिनुभयो । ल्याउन फेरप्रथा प्रबद्र्धन समिति गठन भएको संयोजक हर्कबहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
भीमेश्वर नगरपालिकाका तर्फबाट उत्कृष्टमध्ये प्रथम हुने मङगलबहादु श्रेष्ठको समूहलाई ठूलो मकै छोडाउने मेसिन, फलामे हलो र स्प्रे, द्धितीय हुने वृखबहादुर थामीको समूहलाई साानो मकै छोडाउने मेसिन, फलामे हलो र स्प्रे, तेश्रो हुने वीरहादुर कुसुलेको समूहलाई फलामे हलो र स्प्रे र शान्त्वना हुने कुमार श्रेष्ठको समूहलाई फलामे हलो वितरण गरिएको छ ।
यसै अवसरमा बाँझो जमिनको सदुपयोग गर्दै खेतीमा तल्लीन गराई आयआर्जन लाग्न प्रोत्साहन स्वरुप फेर प्रथा तथा कृषि प्रबर्धन समितिका संरक्षक एवम रुपा फौन्डेसनका संस्थापक ई. आत्मकृष्ण श्रेष्ठले आफना बुबाका नाममा स्थापना गर्नु भएको भैरवबहादुर उत्कृष्ट तरकारी किसान पुरस्कारबाट रामचन्द्र श्रेष्ठ र बढी धान उत्पादन गर्ने पूर्णबहादुर श्रेष्ठलाई जनही तीन हजार नगद र सम्मानपत्र वितरण गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ईश्वरनारायण मानन्धरले कृषि वैज्ञानिकको रुपमा स्थापित फेर प्रथाले बाँझो रहन गएका जमिनहरु कृषियोग्य बन्ने र आयआर्जनमा तल्लीन गराउने उद्दृश्य राखिएको स्पष्ट गराउँदै यसका लागि नगरले अनुदान, कृषि सामग्रीलगायका सहयोग गर्ने बताउनु भयो ।
समितिका संयोजक श्रेष्ठको अध्यक्षता सञ्चालित कार्यक्रमा जिल्ला समन्वय समिति प्रमुख बर्जुराम घतानी, ई. आत्मकृष्ण श्रेष्ठ, वडाध्यक्ष स्टालिन श्रेष्ठ, स्थानीय पुर्षार्थ श्रेष्ठलगायतले फेर प्रथालाई पुरानै लयमा फर्काएर किसानहरुलाई खेती आकर्षित गराउनुपर्नेमा जोड दिनु भएको थियो ।