चरिकोट । यही साता सदरमुकाम चरीकोट स्थितको च्छोरोल्पा जनरल अस्पताल प्रालिको आयोजना तथा एभरेस्ट अस्पताल काठमाडौँको सहकार्यमा जिल्लामै पहिलो पटक दुई दिने बहु विशेषज्ञ शिविर हुने भएको छ ।
आर्थिक अभावले अन्यत्र गएर उपचार गर्न नसक्ने वर्गलाई लक्षित गरी यही महिनाको २६ र २७ गते यो शिविर गर्न लागिएको अस्पताल प्रमुख डा. विनोद दङगालले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा मुटु, प्रेसर,सुगर थाइराइड, मोटोपना, छाला, हाडजोर्नी, मानसिक,स्त्री रोग, पित्त, हर्निया,हाइड्रोसिल, पाइल्स, फिस्टुला, दम, ज्वरो, टाउको दुखेको र सामान्य सामान्य शल्यक्रिया समेत हुनेछ ।
शिविरमा मुटु रोग विशेषज्ञ, इन्डोक्राइनोलोलिस्ट, छाला रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र जनरल पिजिसियन समेतले सेवा प्रदान गर्ने तालिका रहेको छ ।
शिविरमा परामर्श सेवा निःशुल्क र अन्य सम्पूर्ण सेवामा ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको अस्पताल प्रमुख डा. दङगालले जानकारी दिनुभयो ।
अस्पतालले इन्डोस्कोपी, मुटुको भिडियो एकसरे, ट्रमा युनिट, फङसन टेस्ट,जटिलखाले शल्यक्रियालगायतका सेवा प्रदान गर्दै आएको छ ।